
बाजुरा—नेकपा एमाले जिल्ला कमिटी बाजुराकाे प्रथम जिल्ला प्रतिनिधि परिषदकाे प्रथम बैठक सुरु भएकाे छ । बैठक सदरमुकाम मार्तडी स्थित बडीमालिका नगरपालिकाकाे सभाहलमा सुरु भएकाे हाे ।
बैठकमा राजनीतिक, आर्थिक प्रतिवेदन प्रस्तुत हुनुका साथै पार्टीकाे काम कारबाहीका विषयमा छलफल तथा समिक्षा हुने बताइएकाे छ । नेकपा एमाले जिल्ला कमिटी बाजुराका अध्यक्ष लाल बहादुर ओलीकाे अध्यक्षतामा सञ्चालन भएकाे बैठकमा प्रमुख अतिथि पार्टी स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहेका छन् ।
त्यस्तै विशिष्ट अतिथि केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला ईन्चार्ज लाल बहादुर थापा, केन्द्रिय सदस्य प्रदेश ख ईन्चार्ज प्रकाश शाह, केन्द्रिय सदस्य प्रदेश क ईन्चार्ज सहदेव बाेगटी, अतिथि केन्द्रीय लेखा आयाेग सदस्य बसुन्धरा राेकाया , सुदुर पश्चिम प्रदेश कमिटी सचिवालय सदस्य गगन रावल, संविधान सभा सदस्य पेम्बा गुरूङ लगायतकाे सहभागीता छ ।
प्रमुख अतिथि थापाले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन् भने स्वागत मन्तव्य जिल्ला कमिटी उपाध्यक्ष जनक बाेहराले राखेका हुन् । कार्यक्रमकाे सञ्चालन उपसचिव हरी बहादुर राेकायाले गरेका छन् ।
