• होमपेज
  • समाज
  • बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ

बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ

  • मङ्लबार, बैशाख ३०, २०८२
बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ

बाजुरा—बाजुरामा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ४ ताडी बस्ने अन्दाजी २१ बर्षका तुलसी रोकाया पक्राउ परेका हुन् ।

सोमवार दिउँसाे इलाका प्रहरी कार्यालय बुढीनन्दाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ओढारमा लुकाइछिपाइ राखेको अवस्थामा एक थप भरुवा बन्दुक सहित उनलाई पक्राउ गरिएको जानकारी दिएको छ । पक्राउ परेका रोकायालाई म्याद थपका लागि जिल्ला अदालतमा पेश गरिएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै यहीँ वैशाख २६ गते सोही नगरपालिका ७ की अन्दाजी ५० बर्षीय काली जैशीको जंगलमा विस्फोट हुँदा मृत्यु भएको थियो । त्याँहाका स्थानीयहरुले घटनास्थलमा बम पड्केको जस्तो ठूलो आवाज आएको बताएका छन् ।

प्रहरीले पनि सो घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार