शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • खेलकुद
  • आईपीएलका बाँकी खेल जेठ ३ देखि सुरु हुने

आईपीएलका बाँकी खेल जेठ ३ देखि सुरु हुने

  • मङ्लबार, बैशाख ३०, २०८२
आईपीएलका बाँकी खेल जेठ ३ देखि सुरु हुने

इन्डियिन प्रिमियर लिग (आईपीएल)का स्थगित भएका बाँकी खेलहरू आगामी जेठ ३ गते (१७ मे) देखि सुरु हुने भएका छन् । यसअघि कश्मीरको सीमामा भारत र पाकिस्तानबीच उत्पन्न तनावका कारण मे ९ का दिन आईपीएल एक साताका लागि स्थगित भएको थियो ।

आईपीएलका बाँकी खेलहरू बैङ्गलोर, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबाद गरी ६ ठाउँमा सञ्चालन हुनेछन् । आईपीएलको प्ले अफको स्थान भने निर्णय हुने बाँकी छ । तथापि मिति भने पक्का भइसकेको छ । पहिलो क्वालिफायर २९ मे तथा इलिमिनेटरको खेल ३० मे मा हुनेछ । १ जुनमा दोस्रो क्वालिफायर हुनेछ ।

यसअघि ८ मे का लागि धर्मशालामा हुने भनिएको पन्जाब किङ र मुम्बई इन्डियन्सबीचको खेल २४ मे मा हुनेछ । यस्तै १७ मे मा कलकत्ता नाइटराइडर्स र रोयल च्यालेन्जर बैङ्गलोरबीचको खेल हुनेछ । आईपीएलको फाइनल खेल ३ जुनमा हुने तालिका छ ।

चर्चामा

सम्बन्धित समाचार