शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराबाट डेढ दशकमा एघार हजार बढीले लिए श्रम स्वीकृति

बाजुराबाट डेढ दशकमा एघार हजार बढीले लिए श्रम स्वीकृति

सुदूरपश्चिमबाट श्रम स्वीकृति लिनेको संख्या साढे २ लाख नाघ्याे

  • सोमवार, बैशाख २९, २०८२
बाजुराबाट डेढ दशकमा एघार हजार बढीले लिए श्रम स्वीकृति

बाजुरा– सुदूरपश्चिम प्रदेशको बाजुराबाट वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या डेढ दशकमा एघार हजार ८२ जनाले लिएका छन । बाजुराबाट आर्थिक वर्ष २०६४/०६५ देखि २०८१ सालको फागुन मसान्तसम्म श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिने व्यक्तिको संख्या एघार हजार ८२ पुगेको तथ्याकं सार्वजनिक भएको हो । श्रम स्वीकृति लिने मध्ये १० हजार ४ सय ७१ पुरुष तथा ६ सय ११ महिला रहेको तथ्याकंमा उल्लेख गरिएको छ । सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले उक्त तथ्यांक सार्वजनिक गरिएको छ । २०८१ अन्तिम महिना चैत्रमा मात्र २ सय ११ जनाले श्रम स्वीकृति लगिएको बैदेशिक रोजगार बिभागको तथ्याकंमा उल्लेख गरिएको छ ।
The number of people who received work permits in the Far West exceeded 2.5 million in a decade and a half

सुदूरपश्चिम प्रदेशबाट वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिनेको संख्या डेढ दशकमा साढे २ लाख नाघेको छ ।  प्रदेशमा आर्थिक वर्ष २०६४/०६५ देखि २०८१ सालको फागुन मसान्तसम्म श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिने व्यक्तिको संख्या २ लाख ५२ हजार ६४६ रहेको तथ्यांक सार्वजनिक भएको हो । तीमध्ये २ लाख ४३ हजार ४५६ पुरुष तथा ९ हजार १९० महिला रहेका छन् ।

No description available.

चर्चामा

सम्बन्धित समाचार