• होमपेज
  • समाचार
  • सरकारको नीति तथा कार्यक्रम संसदका दुवै सदनबाट पारित

सरकारको नीति तथा कार्यक्रम संसदका दुवै सदनबाट पारित

  • आइतवार, बैशाख २८, २०८२
सरकारको नीति तथा कार्यक्रम संसदका दुवै सदनबाट पारित

काठमाडौं —आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम संघीय संसदका दुवै सदनबाट पारित भएको छ। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि दुवै सदनमा उठेको प्रश्नको छुट्टाछुट्टै उत्तर दिएपछि दुवै सदनले नीति तथा कार्यक्रम बहुमतबाट पारित गरेका छन्।

दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधिसभामा ध्वनी मतको सहायतामा नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १९ गते दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

सरकारले अब यहीँ नीति तथा कार्यक्रममा आधारित भएर आगामी जेठ १५ गते बजेट सार्वजनिक गर्नेछ।

चर्चामा

सम्बन्धित समाचार