
बाजुरा —बाजुराको बुढीगंगा नगरपालिकाको फालासैनमा रहेको बडीमालिका क्याम्पसमा लोक सेवा र शिक्षक सेवा आयोगका निःशुल्क तयारी कक्षा सञ्चालन भएका छन् । बुधवार एक औपचारिक कार्यक्रमकाविच सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवरा जोशीले उद्घाटन गरेसँगै निःशुल्क तयारी कक्षाहरु सञ्चालन भएका हुन् ।
सुदूरपश्चिम प्रदेश सामाजिक मन्त्रालयको आर्थिक सहयोग तथा सामाजिक विकास कार्यालय बाजुराको समन्वय र बडीमालिका मल्टी टेक्नीकल स्कुलको आयोजनामा तयारी कक्षाहरु सञ्चालन भइरहेको जनाएको छ ।
बडीमालिका मल्टी टेक्नीकल स्कुलका प्रबन्ध निर्देशक सबिन रावतले प्रदेश सांसद पदमबहादुर शाहीको विशेष पहलमा जिल्लामै लोक सेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गरिएको बताए । आयोगको तयारी गर्न जिल्ला बाहिर धाउनुपर्ने अवस्था रहेको भन्दै जिल्लामै तयारी कक्षा सञ्चालन गरिएको उनले बताए ।
