
बाजुरा– बडीमालिका नगरपालिका–७ ढम्कनेमा निशुल्क पशु स्वास्थ्य शिबिर सम्पन्न भएको छ । बडीमालिका नगरपालिका वडा न ७ को समन्वयमा शिबिर सम्पन्न भएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाजुराको सहयोगमा निशुल्क पशु स्वास्थ्य शिविर उपलब्धि मुलक रहेको बडीमालिका नगरपालिका वडा न ७ का वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन ।

एक दिने शिविरबाट ३ हजार ५ सय भन्दा बढी पशुचौपायाको स्वास्थ्य परिक्षण लगायत औषधी बितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बाजुराका प्रमुख सिद्धराज जोशीले बताएका छन । शिबिरबाट १ सय ५० परिवार किशान लाभान्भीत भएको वडा कार्यालयले जनाएको छ ।

