शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • जिल्ला अस्पताल लगायत बाजुराका स्वास्थ्य संस्थामा रेबिज बिरुद्धको खोप अभाव

जिल्ला अस्पताल लगायत बाजुराका स्वास्थ्य संस्थामा रेबिज बिरुद्धको खोप अभाव

  • मङ्लबार, बैशाख २३, २०८२
जिल्ला अस्पताल लगायत बाजुराका स्वास्थ्य संस्थामा रेबिज बिरुद्धको खोप अभाव

बाजुरा– जिल्ला अस्पताल लगायतका बाजुराका अस्पताल तथा स्वास्थ्य संस्थामा रेबिज रोगविरुद्धको खोप अभाव भएको छ । जिल्लाका स्वास्थ्य संस्थामा सरकारले निशुल्क रुपमा दिईने खोप मध्यको रेबिज बिरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । No description available.

सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप एक हप्तादेखी अभाव भएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । जिल्ला अस्पताल बाजुराले आफ्‌नो आधिकारीक सामाजिक संजाल फेशबुकमा सुचना जारी गर्दै रेबिज बिरुद्धको खोप अभाव भएको जनाएको छ ।

अस्पतालमा रेबिजविरुद्धको खोप प्रदेश आपूर्ति केन्द्र धनगढीमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आउने गरेको र हाल सो स्थानमा खोप प्राप्त नभएकोले सेवा बन्द गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
 

 

चर्चामा

सम्बन्धित समाचार