
बाजुरा– जिल्लाको बुढीनन्दा नगरपालिका वडा न ८ गोठीमा एक घरमा आगलागी भएको छ । बिधुतको तार सट भएर सोही वडाका गोरख बोहाराको ३ तले घरमा आगलगी भएको हो ।
बिहान करिव ५ बजेतिर भएकाे आगलागीले अन्न, लत्ता कपडा, भाडाकुँडा नगद र सुन चादी जलेर नष्ट भएको पिडीत परिवारले जनाएका छन । त्यसै गरि सोही घरको गोठमा रहेका एक हल गोरु र १ बाख्रा समेत जलेर मरेको १ गाेरु घाइते रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
घरमा रहेकोे १ लाख ५० हजार नगद रकम, २१ तोला चादी, ४ तोला सुन, लत्ताकपडा, खाध्यान्न लगायत गरि अनुमानित करिब १० लाख बराबरको क्षेती भएको पिडीत परिवारले भनेकाे भए पनि आवस्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
