शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बृक्षरोपण र रगत परिक्षण

बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बृक्षरोपण र रगत परिक्षण

  • शनिबार, बैशाख २०, २०८२
बिश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बृक्षरोपण र रगत परिक्षण

बाजुरा– नेपाल पत्रकार महाँसंघ बाजुराको आयोजनामा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारि वृक्षरोपण र रगत परिक्षण कार्यक्रम गरि मनाएको छ । शनिबार एक कार्यक्रमका बिच डिभिजन वन कार्यालय बाजुरा र अस्पताल बाजुराको सहकार्यमा दिवसको अवसरमा अस्पताल बाजुराको परिसरमा वृक्षरोपण र पत्रकारको रक्त समूह पहिचान गरेर दिवस मनाएको हो ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सर्कुलर अनुसार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाउन परिपत्र गरे अनुसार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले जिल्ला अस्पताल बाजुरामा जिल्लाका क्रियाशिल पत्रकारहरुको रक्त समुह पहिचान र अस्पताल बाजुराको परिसरमा वृक्षारोपण गरेर दिवस मनाईएको महासंघ बाजुराका सचिव प्रेम रौलेले बताए ।

उनले भने,“केन्द्रीय सर्कुलर अनुसार प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघ बाजुराले अस्पताल बाजुराको परिसरलाई हरियाली राख्न वृक्षरोपण गरेको हो ”। साथै जिल्ला स्थिति पत्रकारहरुको रगत परिक्षण गरि कतिपय रक्त समूह पहिचान थाहा नभएका पत्रकारहरुको रक्त समूह पहिचान गर्न दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको सचिव रौलेले बताए ।

पत्रकार महासंघ बाजुराका सचिव प्रेम रौलेको अध्यक्षतामा सञ्चालन भएको वृक्षरोपण तथा रक्त परिक्षण कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रवक्ता तथा वडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्याय प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा अस्पताल बाजुराका कार्यालय प्रमुख डाक्टर चन्द्रशेखर यादव, नेपाल पत्रकार महासंघ बाजुराका पुर्व अध्यक्ष मदन जोशी, प्रेस चौतारी नेपाल जिल्ला कमिटि बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय, पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य तुलाराम जोशी लगायत बिशिस्ट अतिथि रहेका थिए । महासंघ बाजुराका सदस्य धनकृष्ण विकले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सह–सचिव राजेन्द्र विकले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार