
बाजुरा– बुढीनन्दा नगरपालिका कृषि शाखामा कार्यरत कृषि प्राबिधीक दिपक कार्कीले रगत दिएर एक एक महिलाको ज्यान जोगाएका छन । बुढीनन्दा नगरपालिका १ घर भएकी बसन्ती कार्कीलाइ रगत दिएका हुन ।
कोल्टी आधारभूत अस्पतालमा पुगेकी बसन्तीको रगतको कमी भए भएपछि तत्काल रगत आबस्यक पर्ने भएकोले कृषि प्राबिधीकले रगत दिएर ज्यान जोगाएको स्वास्थ्यकर्मी प्रेम नेपालीले बताएका छन ।
बसन्तीको शरिरमा ५ पोइन्ट मात्र रगत रहेको थियो महिलाको रगत ११ पोइन्ट हुनु पर्ने हाे, उनि बिरामी भएर कोल्टी आधारभुत स्वास्थ्य सस्थामा आएपछि चेकजाज गर्दा कमलपित्तको बिरामी भएको पुष्टी भयो स्वास्थ्यकर्मी नेपालीले बताए ।
बसन्तीलाई धेरै पिडा भएको र तत्काल रगत आबस्यक देखीयो सबैतिर रगतका लागि खवर गर्दा कृषि प्राबिधीकले रगत दिए बसन्तीकाे ज्यान जाेगीयाे उनिलाइ अझै रगत आवस्यक छ स्वास्थ्यकर्मी नेपालीले बताएका छन । उनलाइ बि पाेजेटिभ ब्लडकाे आबस्यक रहेकाे काेल्टी आधारभुत अस्पतालले जनाएकाे छ ।
बाजुरामा ब्लड बैङक नहुँदा यहाँका गर्भवती तथा सुत्केरी लगायत रगतको आबस्यक पर्ने बिरामीलाई समस्या हुँदै आईरहेको छ । बाजुरामा स्वास्थ्यकर्मी,स्थानीय,सुरक्षामर्की र पत्रकारहरुले रगत दिनुपर्ने अबस्था रहेको छ ।
