
अछाम– अछाम जिल्लाको राजनीतिक र सामाजिक क्षेत्रमा संघर्ष र समर्पणको अर्को नाम बनिसकेकी बिन्दु रावलले नेकपा एमाले अछामको उपसचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। नेकपा एमाले अछामको ९ औँ जिल्ला अधिवेशन सुरु भएसंगै उनले उम्मेद्वारी घोषणा गरेकी हुन् ।
२०७५ सालदेखि उनी नेकपा एमाले अछाम जिल्ला कमिटीको सदस्य र महिला विभाग प्रमुखको जिम्मेवारीमा रहेर काम गर्दै आएकी छन्। राजनीति र समाज सेवा दुबै क्षेत्रमा लामो अनुभव आर्जन गरेकी बिन्दु रावलले महिला अधिकार र सामाजिक न्यायका विषयमा सदैव स्पष्ट र प्रखर आवाज उठाउँदै आएकी छन्।
उनले राजनीतिलाई सेवा र परिवर्तनको माध्यम मानेकी छन्। “संघर्षका अनुभव, सीप र ज्ञान अब पार्टी र जिल्लाको समग्र विकासमा समर्पित गर्ने बेला आएको छ,” यस कारण एमाले अछामको उपसचिवमा आफ्नाे उम्मेदवारी रहेकाे बताएकी छन । उनको उम्मेदवारीसँगै जिल्लाको महिला सशक्तिकरणको आन्दोलनमा नयाँ ऊर्जा थपिएको अनुभूति भएको प्रतिनिधिहरुको भनाई छ । भविष्यका लागि सम्भावना बोकेको सशक्त महिला नेतृको रुपमा हेरिएकी रावलको उम्मेद्वारीलाइ महत्वका साथ हेरिएको छ ।
२०७९ सालको स्थानीय चुनावमा रावलले बान्नीगढी जयगढ गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिँदै,नेपाली काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनलाई पराजित गर्दै विजय हासिल गरिन्। उपाध्यक्षको रुपमा उनले जनताको विश्वास जित्न सफल हुँदै विकास, सुशासन र महिला सशक्तिकरणका क्षेत्रमा कुशल नेतृत्व प्रदान गरिरहेकी छन्। उनको नेतृत्वमा बान्नीगढी जयगढ गाउँपालिकामा धेरै महत्वपूर्ण सामाजिक र संरचनागत सुधारका प्रयासहरू भएका छन्, जसले उनलाई अझ बलियो र जनताको मन जित्ने नेतृको रूपमा स्थापित गरेको छ।
