शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिका-७ काे सार्वजनिक सुनुवाइ सम्पन्न

बुढीगंगा नगरपालिका-७ काे सार्वजनिक सुनुवाइ सम्पन्न

  • शुक्रबार, बैशाख १२, २०८२
बुढीगंगा नगरपालिका-७ काे सार्वजनिक सुनुवाइ सम्पन्न

बाजुरा– बुढीग‌गा नगरपालिका वडा न ७ काे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ । बिहिबार वडा र नगरपालिकाका कार्यक्रमका बारेमा नागरिकलाइ जानकारि गराउने र नागरिकका गुनासाे सुन्ने उदेस्यका साथ साे कार्यक्रम सम्पन्न भएकाे हाे ।

बुढीगंगा नगरपालिकाले यतिबेला वडा स्तरका सार्वजनिक सुनुवाई कार्यक्रममा व्यस्त रहेको छ । पालिकाले सम्पादन गर्ने कामको समीक्षा र आगामी योजना बारे जानकारी लिने गरी कार्यक्रम आयोजना गर्ने गरिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् । १० वटै वडामा कार्यक्रम गर्ने, जनताका धारणा बुझ्ने, सुझाव लिने र पालिकाको योजना सुनाउने गरिएको छ । वडा अध्यक्ष भुवनसिंह केसीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो ।

सार्बजनिक सुनुवाइ कार्यक्रममा सबै भन्दा बढी   स्थानीयले वडामा बिकासले गति नलिएकाे सार्वजनिक भवन बिध्यालय अलपत्र रहेकाे वडा कार्यालय नभएकाे यसकाे जिम्मा २ कार्यकालका अध्यक्ष भुवनसिंह केसीलाई प्रश्न गरेका थिए । बड्डेलीचौरमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाबासीले दुई कार्यकालसम्म वडा कार्यालयको प्रशासनिक भवन किन बनेन् ? भनेर प्रश्न सोधेका हुन् ।

संघीयता सिंगो बाजुराबासीका लागि आएको होला भन्ने लाग्थ्यो तर बुढीगंगा नगरपालिका-७ बासी पूरानै अवस्थामा रहेको स्थानियकाे आक्राेस रहेकाे छ  । वडाका कुनै पनि गतिविधि सञ्चालन हुदाँ सिंगो वडाबासीले जानकारी समेत पाउन मुस्किल हुने गरेको पार्टी प्रतनिधी देखी स्थानियकाे भनाई स्थानीय रहेको थियो ।

यता वडा अध्यक्ष भुवनसिंह केसीले पनि प्रश्न यथार्थ भएको स्वीकार गरेका छन् । स्थानीय नागरिकका प्रश्नको जवाफ दिदैं समस्या रहेको स्वीकार गरेका हुन् । नगर सरकारको सौतेनी व्यवहारका कारण वडा कार्यालयको प्रशासनिक भवन बन्न नसकेको भन्दै जवाफको उत्तर दिएका छन् । स्थानीयका आधारभूत समस्या पनि हालसम्म वडाले जनताका समाधान गर्न नसकेको भनेर गुनासो पोखेका हुन् । सुशासनको पक्षलाई बलियो बनाएर जनताका जनजीवन र आधारभूत आवश्यकताई वडा र नगर सरकारले पूरा गर्न माग राखेका छन् ।

नेपाल पत्रकार महासंघ बाजुराका तर्फबाट सहजीकरण गरिएको कार्यक्रमका सहभागीले वडाले सम्पादन गर्ने योजना प्रति त्यति सन्तुष्ट नरहेको बताएका छन् । सहभागीहरुले टोल र बस्ती स्तरका समस्यालाई विशेष ध्यान दिन आग्रह गर्दै खानेपानी, सिँचाई, शिक्षा र स्वास्थ्य सुधारमा जोड दिएका छन् । “शिक्षा स्वास्थ्य, कृषि पर्यटन र पूर्वाधार सुरक्षित र समृद्ध विकास” भन्ने मुल नारा सहित कार्यक्रम आयोजना गरिएको थियाे ।

नगर प्रमुख रामबहादुर बाँनिया प्रमुख अतिथि र माया खड्का कुवँर विशेष वक्ता रहेको कार्यक्रमको सहजीरण नेपाल पत्रकार महासंघ जिल्ला, शाखा बाजुराका उपाध्यक्ष रमित विकले गरेका हुन् । बड्डेलीचौरमा सञ्चालन गरेको कार्यक्रममा कार्यपालिका सदस्य, वडा सदस्य पार्टीका प्रतिनिधि, पत्रकार लगायत स्थानीयको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार