• होमपेज
  • मनोरञ्जन
  • दिलीप र प्रियंकाको ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक (भिडिओ)

दिलीप र प्रियंकाको ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक (भिडिओ)

  • बिहिबार, बैशाख ११, २०८२
दिलीप र प्रियंकाको ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक (भिडिओ)

प्रदर्शन तयारीमा रहेको फिल्म ‘हेल्लो काँशीराम’ को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ।

बिहीबार बुढासुब्बा डिजिटल युट्युबमार्फत सार्वजनिक गीतमा गायक प्रताप दास र गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ।

नरेन्द्र वियोगीको संगीत संयोजन रहेको यो डान्सिङ गीत हो। यसको भिडिओमा प्रियंका कार्की, दिलीप रायमाझी, उमेश राई, सुमन खाँड, सरोज केसीलगायत कलाकारहरूको नृत्य छ। भिडिओका कोरियोग्राफर कविराज गहतराज हुन्।

प्रचार प्रसारलाई अझ तिव्र बनाउने उद्देश्यले निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो।

रेडलाइन फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्म रिम विश्वकर्माले लेखन तथा निर्देशन गरेका हुन्।

पि.बि थापा निर्माता रहेको फिल्ममा यम आलेको छायांकन, मित्र डि. गुरूङको सम्पादन र रंग संयोजन छ।

‘हेल्लो काँशीराम’ मा दिलीप रायमाझी, सुरविर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देको आमा), अर्जुन गुरूङ, नवज्योति रसाइली, सुमन खाँण लगायत कलाकारहरूको अभिनय छ। अभिनेत्री प्रियंका कार्की विशेष भूमिकामा देखिन लागेकी हुन्।

फिल्म ‘हेल्लो काँशीराम’ जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

 

चर्चामा

सम्बन्धित समाचार