शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • बुढीगंगा
  • बुढीगंगा नगरपालिका २ काे सार्बजनिक सुनुवाइ सम्पन्न

बुढीगंगा नगरपालिका २ काे सार्बजनिक सुनुवाइ सम्पन्न

  • बिहिबार, बैशाख ११, २०८२
बुढीगंगा नगरपालिका २ काे सार्बजनिक सुनुवाइ सम्पन्न

बाजुरा–  बुढीगंगा नगरपालिकाले यतिबेला वडा स्तरका सार्वजनिक सुनुवाई कार्यक्रममा व्यस्त रहेको छ । क्रमिक रुपमा वडाहरुबाट नै सुशासन मार्गचित्र काेर्दै बुधबार बुढीगंगा नगरपालिका-२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएकाे छ । सार्बजनिक सुनुवाइ कार्यक्रममा वडाबासीले नगर र वडा सरकारले विकासमा विस्तारै लय आउदै गरेकाे  बताएका छन् । सुशासनको पक्षलाई बलियो बनाएर जनताका जनजीवन र आधारभूत आवश्यकताई वडा र नगर सरकारले पूरा गर्न माग राखेका छन् ।

वडा कार्यालयको केन्द्र ताप्रामा आयोजना गरिएको कार्यक्रममा स्थानीयले शिक्षा, स्वास्थ्य, सडक र कृषिलाई थप ध्यान दिन सरकारलाई आग्रह गरेका छन् ।  पालिकाले सम्पादन गर्ने कामको समीक्षा र आगामी योजना बारे जानकारी लिने गरी कार्यक्रम आयोजना गर्ने गरिएको नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् । १० वटै वडामा कार्यक्रम गर्ने, जनताका धारणा बुझ्ने, सुझाव लिने र पालिकाको योजना सुनाउने गरिएको छ ।

वडा अध्यक्ष पदम भण्डारीको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियाे । नेपाल पत्रकार महासंघ बाजुराका तर्फबाट सहजीकरण गरिएको कार्यक्रमका सहभागीले वडा र पालिकाले सम्पादन गर्ने योजना प्रति आफूहरु सन्तुष्ट रहेको बताएका छन् । स्थानियले वडामा वडा सचिव नहुदा समस्या हुने गरेकाेले नगरपालिकाले सचिवकाे ब्यबस्था गर्न समेत अनुराेध गरेका छन । त्यसै गरी स्वास्थ्य सस्थामा पनि कर्मचारी अभाव भएकाे भन्दै तत्काल कर्मचारी ब्यबस्थापन गर्न अनुराेध समेत गरेका  छन ।  सहभागीहरुले टोल र बस्ती स्तरका समस्यालाई विशेष ध्यान दिन आग्रह गर्दै खानेपानी, सिँचाई, शिक्षा र स्वास्थ्य सुधारमा जोड दिएका छन् ।

“शिक्षा स्वास्थ्य, कृषि पर्यटन र पूर्वाधार सुरक्षित र समृद्ध विकास” भन्ने मुल नारा सहित कार्यक्रम आयोजना गरिएको सार्बजनिक सुनुवाइ कार्यक्रममा गएको आर्थिक वर्षदेखि चैत्र ३१ सम्मका योजना, कार्यक्रम बारे छलफल तथा समीक्षा गरिएको छ । वडामा आधारभूत समस्या सबै भन्दा बढी रहेको भन्दै स्थानीयले वडा र नगर सरकारलाई गम्भीर भएर व्यवस्थापन गर्नुपर्ने  माग राखेका छन् ।

वडाका वडा सदस्य वडा कार्यालयमा कम हाजिर हुने गरेको प्रति स्थानीयले गुनासो गरेका छन् । जनताका कामका लागि पठाएको भएपनि उपस्थित नहुने गरेको बताए । नगर प्रमुख रामबहादुर बाँनिया प्रमुख अतिथि र माया खड्का कुवँर विशेष वक्ता रहेको कार्यक्रमको सहजीरण नेपाल पत्रकार महासंघ जिल्ला, शाखा बाजुराका उपाध्यक्ष रमित विकले गरेका थिए।

वडा कार्यालयमा सञ्चालन गरेको कार्यक्रममा निवर्तमान नगर उपप्रमुख तारा (खाती) थापा, वडा सदस्य धर्मराज जैशी, नेकपा (एमाले) जिल्ला कमिटी सदस्य विमला थापा, नगर कमिटी अध्यक्ष राकेश थापा, पत्रकार लगायत स्थानीयको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार