शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, भोलि शपथ

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, भोलि शपथ

  • बुधबार, बैशाख १०, २०८२
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, भोलि शपथ

काठमाडौं — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् ।

शीतलनिवास स्रोतका अनुसार, पन्तको भोलि (बिहीबार) शपथ गराउने कार्यक्रम तय भएको छ ।

शपथको समय भने तय भइनसकेको स्रोतले बतायो । मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् ।

गत वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् । उनले प्रधानमन्त्रीबाट असहयोग भएको, काम गर्न असहज भएको लगायतका कारण देखाउँदै राजीनामा दिएकी हुन् ।

यद्यपि प्रधानमन्त्रीलाई बुझाएको राजीनामा पत्रमा भने उनले स्वास्थ्यको कारण देखाएकी हुन् ।

चर्चामा

सम्बन्धित समाचार