शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराले पार्टी स्थापना दिवसका अबसरमा बिरामीलाई फलफुल बितरण

नेकपा एमाले बाजुराले पार्टी स्थापना दिवसका अबसरमा बिरामीलाई फलफुल बितरण

  • मङ्लबार, बैशाख ९, २०८२
नेकपा एमाले बाजुराले पार्टी स्थापना दिवसका अबसरमा बिरामीलाई फलफुल बितरण

बाजुरा– नेकपा एमाले बाजुराले कम्युनिष्ट पार्टीेको ७६ औं स्थापना दिवसको अबसरमा बिरामीहरुलाई फलफुल बितरण गरि मनाएको छ । जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दे बिरामीहरुलाई फलफुल बितरण गरि आज स्थापना दिवस मनाईएको हो ।
नेकपा एमाले जिल्ला कमिटि बाजुराको आयोजनामा जिल्ला अस्पतालमा रहेका बिरामी र उनका कुरुवाहरुलाई फलफुल बितरण गरि पार्टीको स्थापना दिवस मनाईएको नेकपा एमाले जिल्ला कमिटि सदस्य धर्मराज पाध्यायले बताएका छन । छयात्तर वर्षअघि २००६ साल वैशाख ९ गते (तद्नुरुप २२ अप्रिल १९४९) मा आजकै दिन भारतको कोलकत्ताको श्यामबजार स्थित एक घरमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको स्मरणमा नेकपा एमालेले स्थापना दिवस मनाउदै आएको छ ।

फलफुल बितरण कार्यक्रममा नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटि सचिवालय सदस्य गगन रावल, नेकपा एमाले जिल्ला कमिटि बाजुराका पदाधिकारी सदस्य बिभिन्न भातृ संगठनका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार