• होमपेज
  • बडिमालिका
  • बडीमालिकामा कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगित

बडीमालिकामा कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगित

  • आइतवार, बैशाख ७, २०८२
बडीमालिकामा कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगित

बाजुरा—बाजुराको बडीमालिका नगरपालिकाले आधारभूत तह कक्षा ८ को ग्रेडवृद्धि परीक्षा स्थगित गरेको छ । नगरपालिकाले आइतवार एक सूचना जारी गर्दै ग्रेडवृद्धि परीक्षा स्थगित गरेको हो ।

यहीँ बैशाख १० गतेदेखि सञ्चालन हुने कक्षा ८ को ग्रेडवृद्धि परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको नगरपालिकाले जनाएको छ ।

देशभरका शिक्षकहरु आम शैक्षिक हड्ताल घोषणा गरेर तत्काल विद्यालय शिक्षा ऐन जारीको माग गर्दै काठमाडौं केन्द्रीत सडक आन्दोलनमा हुँदा परीक्षा स्थगित गरिएको हो ।

शिक्षक कर्मचारीको आन्दोलनले यतिखेर भर्ना अभियान ठप्प छ भने सामुदायिक विद्यालहरु बन्द छन् ।

चर्चामा

सम्बन्धित समाचार