शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • राजनीति
  • एमाले सुदूरपश्चिमका नेता भट्ट र रावलकाे विवाद बालुवाटार पुग्याे

एमाले सुदूरपश्चिमका नेता भट्ट र रावलकाे विवाद बालुवाटार पुग्याे

  • शुक्रबार, बैशाख ५, २०८२
एमाले सुदूरपश्चिमका नेता भट्ट  र  रावलकाे विवाद बालुवाटार पुग्याे

सुदुरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट र प्रदेशसभा संसदीय दलका नेता राजेन्द्रसिंह रावलबीचको बिबादले बालुवाटार र च्यासलमा समेत प्रवेश गरेकाे छ । तत्कालीन नेकपा खारेजीमा परेपछि ‌ओली नेतृत्वको समूहमा बसेर एमाले भएका नेता भट्ट र आफूलाई ओली निकट बताउने रावलबीचको शक्ति संघर्ष मुक्कामुक्कीसम्मको अवस्थामा पुगेको छ ।

प्रदेश सभा संसदीय दलका नेता रावलले आफूलाई बाइपास गरेर सरकारी पदहरूमा जथाभावी नियुक्ति गरेर हिँडिरहेको गुनासो भट्टले बालुवाटारसम्मै ल्याएका छन् । बुधबार मात्रै एमाले सचिव भट्टले अर्का नेता एवम् पोलिटब्युरो सदस्य नारदमुनि रानालाई लिएर धनगढीबाट बालुवाटार सम्मको यात्रा तय गरे ।

उनीहरू दुईले करिब तीन घण्टा कुरेर अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर कुनै हालतमा रावललाई संसदीय दलको नेताबाट हटाउनुपर्ने कुरा राखेका छन् । उता घुस काण्डका कारण मन्त्री पदबाट हालै राजीनामा दिएका नागरिक उन्मुक्तिका सांसद लक्ष्मणकिशोर चौधरीसँग जोडिएपछि एमाले पोलिट व्युरो सदस्य एवम् कैलाली इन्चार्ज नारदमुनि रानालाई कारबाहीको माग रावलले चर्काइरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार