• होमपेज
  • क्रिकेट
  • नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट

नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट

  • बुधबार, बैशाख ३, २०८२
नेपालका स्पीनरको कसिलो बलिङमा हङकङ ११५ रनमा अलआउट

काठमाडौं— स्पीनरले कसिलो बलिङ गरेपछि नेपालले आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा हङकङलाई ११५ रनमा अलआउट गरेको छ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६.२ ओभरमा अलआउट हुँदै ११५ रन बनाएको हो । शिव माथुरले सर्वाधिक ६३ रन बनाए । आर्या पन्जवानीले १३ तथा वीर माथुरले १२ रन बनाए ।

सुरुवाती विकेट १० रनको योगफलमै गुमाएको हङकङका लागि माथुर र पन्जवानीले डिफेन्सिभ शटहरू खेल्दै अर्धशतकीय साझेदारी बनाए । ६० रन जोड्दा दोस्रो विकेट गुमाएको हङकङले त्यसपछि निरन्तर विकेट गुमाइरहँदा सामान्य योगफलमै चित्त बुझायो ।

नेपालका युवराज खत्रीले १० ओभरमा १८ रन मात्र दिएर ४ विकेट लिए । विपिनप्रसाद शर्माले ६.२ ओभरमा २४ रन दिएर ३ विकेट लिए । सन्तोष यादवले २ तथा अशोक धामीले १ विकेट लिए ।

नेपालले हालसम्म खेलेका दुईवटै खेल जितेको छ भने आज तेस्रो जित निकाल्ने लक्ष्यमा छ । नेपालजस्तै दुई खेल जितेको अफगानिस्तान आज यूएईसँग माथिल्लो मुलपानीमा खेल्दै छ र बलियो प्रदर्शन गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार