बुधबार, बैशाख १०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा विपद्का घटनाबाट १३ जनाको मृत्यु, एक करोड ८४ लाख बढी क्षती

बाजुरामा विपद्का घटनाबाट १३ जनाको मृत्यु, एक करोड ८४ लाख बढी क्षती

  • सोमवार, बैशाख १, २०८२
बाजुरामा विपद्का घटनाबाट १३ जनाको मृत्यु, एक करोड ८४ लाख बढी क्षती

बाजुरा– बाजुरामा चालू आर्थिक बर्षको हालसम्म विपद्जन्य घटनाबाट १३ जनाको मृत्यु भएको छ । जिल्लामा ९ महिनाको अवधिमा विपद्जन्य घटनाबाट मानवीय क्षतिसँगै एक करोड ८४ लाख ८१ हजारको क्षति भएको हो । भूकम्प, पहिरो, बाढी, आगलागी, चट्याङ, हावाहुरी जस्ता प्राकृतिक विपद्बाट ठूलो मात्रामा धनजनको क्षति भएको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको ९ महिनामै यति ठूलो क्षति बेहोर्नुले बाजुरा पनि विपद्जन्य घटनाबाट अति जोखिममा रहेको सरोकारवालाहरु बताउँछन् । जिल्लामा बाढीपहिरो तथा आगलागीबाट सबैभन्दा बढी प्रभावित बनेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्यांक अनुसार आगलागीबाट एक, चट्याङका कारण २ को मृत्यु, ५ घाइते र पहिरोबाट ४ जना घाइते भएका छन् ।

त्यस्तै सबैभन्दा बढी भीरबाट लडेर ६ जनाको मृत्यु, ८ घाइते, रुखबाट लडेर एकको मृत्यु, ४ घाइते र जंगली जनावरको आक्रमणबाट एकको मृत्यु र ५ जना घाइते भएका छन् । त्यसैगरी अन्य विपद्बाट दुईको मृत्यु, ३ घाइते, करेन्ट लागेर एकको मृत्यु, ३ घाइते र सर्पको टोकाइबाट ८ जना घाइते भएका छन् ।

उक्त अवधिमा एक सय २५ वटा विपद्का घटना भएकोमा एक सय ९ पशु चौपायाको मृत्यु, १६ घाइते र ४८ वेपत्ता भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । त्यसैगरी सो अवधिमा विपद्जन्य घटनाबाट ६४ वटा घर पूर्ण, ३ सय ८५ आंशिक र ५८ वटा सामान्य क्षति भएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार