शुक्रबार, बैशाख १२, २०८२
  • होमपेज
  • राजनीति
  • पार्टी स्थापना दिवसमा कम्युनिस्ट योद्धालाई सम्मान गर्ने एमाले निर्णय

पार्टी स्थापना दिवसमा कम्युनिस्ट योद्धालाई सम्मान गर्ने एमाले निर्णय

  • सोमवार, बैशाख १, २०८२
पार्टी स्थापना दिवसमा कम्युनिस्ट योद्धालाई सम्मान गर्ने एमाले निर्णय

काठमाडौं —नेकपा एमालेले कम्युनिस्ट आन्दोलनमा योगदान गर्ने ७ जनालाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टी स्थापना दिवसका अवसरमा लालबहादुर विश्वकर्मासहित ७ जनालाई कम्युनिस्ट योद्धाका रूपमा सम्मान गर्ने निर्णय गरेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार वैशाख ९ गते पार्टी स्थापना दिवसमा सम्मानित हुनेहरूमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), स्वर्गीय रत्न शर्मा न्यौपाने (जाजरकोट), शोभारम बस्नेत (दाङ), बासस्वती देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी) र हरिचरण शिवाकोटी (झापा) छन् ।

एमालेले ११ वैशाखलाई गणतन्त्रको उत्सवको रूपमा मनाउने निर्णय पनि गरेको छ । निरंकुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक विजारोपण गरिएको दिन भएकोले ११ वैशाखलाई उत्सवका रूपमा भव्य कार्यक्रम आयोजना गरेर मनाइने उपमहासचिव ज्ञवालीले जानकारी दिए ।

उनले भने, ‘वैशाख ११ जनताले जितेको दिन र निरंकुश राजतन्त्र फालेर गणतन्त्रको औपचारिक विजारोपण गरिएको दिन हो । त्यो दिन हामी आजको पुस्तालाई लोकतन्त्र, स्वतन्त्रता र गणतन्त्रको महत्व बताउन सेलिबे्रसनको रूपमा काठमाडौंमा एउटा भव्य कार्यक्रम आयोजना गर्दैछौं । त्यसको बारेमा पनि हामीले सल्लाहहरू गरेका छौं ।’

चर्चामा

सम्बन्धित समाचार