बाजुरा– जिल्लामा क्रियाशील रानीवन स्पोट्र्स क्लबले नयाँ वर्ष २०८२ सालको शुभकामना आदान प्रदान सहित वनभोज कार्यक्रम गरेको छ । आत्मियता र सामाजिक सम्बन्ध मजबुत बनाउने गरी शुभकामना आदान प्रदान र वनभोजको आयोजना गरिएको क्लबका अध्यक्ष ध्रुव रोकायाले बताएका छन् ।
सामूहिकता, सक्रियताले क्लब सञ्चालनमा रहेको छ । दैनिक जीवनको तनावबाट मुक्त हुन र प्रकृतिसंग रमाइलो गर्नका साथै मनोरञ्जनात्मक गतिविधिका लागि कार्यक्रमको आयोजना गरिएको हो । क्लबका पदाधिकारी तथा सदस्य लगायत खेलाडीहरुलाई थप प्रोत्साहन गर्नका लागि क्लबले जिल्लामा विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
खेल क्षेत्रमा आफ्नो प्रभाव जमाउदैं आएको रानीवन स्पोट्र्स क्लबले पहिलो पटक ‘सी’ डिभिजन लिग समेत खेलिसकेको छ ।