बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • बडिमालिका
  • २०८१ लाई फर्केर हेर्दा विपत जोखिममा कस्ताे रह्याे बाजुरा

२०८१ लाई फर्केर हेर्दा विपत जोखिममा कस्ताे रह्याे बाजुरा

  • आइतवार, चैत्र ३०, २०८१
२०८१ लाई फर्केर हेर्दा विपत जोखिममा कस्ताे रह्याे बाजुरा

बाजुराविगतका वर्षहरू झै २०८१ साल पनि राजनीतिक, आर्थिक र सामाजिक तथा विपद्जन्य घटनाका कारण चर्चामा रहन पुग्यो । मुलूकका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार गठन देखि पूर्वराजाको समर्थनमा भएको प्रदर्शन, सहकारी प्रकरण, ठूलो जनधनको क्षति सहितको प्राकृतिक प्रकोप र दुर्घटना तथा अध्यादेश, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्राउ र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्ती, राजा बिउताउने आन्दोलन देखि मिडिया र पत्रकारमाथिको आक्रमण लगायतका विषय चर्चित बने । यसै गरि बाजुराका लागि २०८१ उताव चढावको साल बनेको छ । विकास, शिक्षा र विपद्लाई यसरी निहालेर हेर्न सकिने छ ।

बिभिन्न सरकारी तथ्याकं, प्रकाशित समाचारका आधारमा बनाएकाे यस रिर्पाेट अनुसार  :  २०८१ बैसाख यता मात्रै जिल्लामा सबै भन्दा बिपतका घटनाहरु बढि भएको पाईएको छ । बैसाख देखी चैत मसान्तसम्म बिपतमा सबै भन्दा बढि आगलागी पहिरो बाढि र चट्याङ भुकम्प लगायतका घटना बढी भएको तथ्याकं छ । २०८१ को सुरुवाती अर्थात बैसाख १० गते बडिमालिका नगरपालिका–१ नुवाकोट बस्ने आनन्द लुहार र जयबिरे लुहारको २ वटा घरमा आईतवार दिउँसो आगलागी भएको थियो ।

त्यसै गरि २०८१ बैशाख २१ गते शुक्रबार राती बुढीगंगा नगरपालिका–४ कोटबाडाको सल्लाघारी जङ्लमा लागेको आगोबाट सोही ठाउँ बस्ने ४५ वर्षीय मोहन नेपालीको घरमा आगलागी भएको थियो । आगलागी हुँदा घर र घरभित्र रहेका नगद, खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराको रिर्पोटमा उल्लेख गरिएको छ ।

२०८१ बैशाख २३ गते स्वामीकार्तीक खापर गाउँपालिका वडा न ३ का अम्मर कट्टेलको घरमा आगलागि हुदा घरमा रहेको धनमाल सबै जलेर नष्ट भएको छ । शनिबार दिउसो खाद्यान्न, लत्ताकपडा,भाडा बर्तन, काठ लगायतका सामानहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अम्मर कट्टेलको ढुङ्गा माटोले बनेको खरले छाएको ३ तले ९ कोठे कच्ची घर, पवन कट्टेलको ढुङ्गा माटोले बनेको खरले छाएको गाईवस्तु बाध्ने २ तले गोठ र गौरी कट्टेल समेतको घरमा आगलागी हुँदा घर र गाईगोठ भित्र रहेका खाद्यान्न, लत्ताकपडा,भाडा बर्तन, काठ लगायतका सामानहरु जलेर नष्ट भएको थियो । त्यसै गरि बैसाख ३० गते हिमाली गाउँपालिका ६ का स्थानिय पुर्वलाल पाण्डेको घरमा आगलागी हुँदा सबै धनमाल जलेर नष्ट भएको थियो । आगलागी हुँदा घरमा रहेको सम्पूर्ण लत्ताकपडा, खाद्यान्न, सुनचाँदी, दुई थान मोबाइल सेट, दुई थान सोलारपाता लगायत जलेर नष्ट भएको उल्लेख छ ।

२०८१ जेठ २४ गते बुढिनन्दा नगरपालिका १ तल्लो कोल्टी बजारमा एक घरमा आगलागी भएको छ । बुधबार राती ९ बजेतिर कोल्टी बजार स्थित माने लुहारको घरमा बिजुलीको तार सर्ट भएर आगलागि भएको थियो । घरको एक कोठामा आगलागी हुँदा उक्त कोठा भित्र रहेका खाद्यान्न, लत्ता कपडा, एक वटा ल्यापटव लगायतका सामानहरु गरी अन्दाजी एक लाख ५० हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीका तथ्याकंमा रहेको छ ।

२०८१ जेठ २६ गते जिल्लाको त्रिवेणी नगरपालिका–९ का कृष्णबहादुर बिष्टको पसलमा आगलागी भएको थियो । उनले बुढीगंगा नगरपालिका–२ ताप्रिसेरामा पसल सञ्चालन गर्दै आएका थिए। बिष्टको गोदाममा शनिवार बिहान आगलागी हुँदा गोदामभित्र रहेका खाद्यान्न, कुखुराको दाना, लत्ताकपडा लगायत गरेर करिब २० लाख मुल्यको धनमाल जलेर नष्ट भएको प्रहरीको अनुमान छ ।
बाढी पहिरो सवारी दुर्घटना आदि । 
२०८१ असार १५ गते बाजुराको हिमाली गाउँपालिका २ स्थित कोटीगाउँमा पहिरो जाँदा स्थानियका ७० बढी बाख्रा मरेका छन । स्थानिय जीवन बोहोरा, जर्म बोहोरा र गोर्ख राज बोहोराका गरी ७० वटा बाख्रा पहिरोमा पुरीएका हुन । स्थानिय जीवन बोहोराका २०, जर्म बोहोराका १० र गोर्ख बोहोराका ४० बाख्रा च्यापिदा झण्डै १० लाख रुपैयाँ बरावरको क्षति भएको तथ्याकं छ ।

यता सरकारी तथ्याकं अनुसार आर्थिक बर्षको साउन देखी हालसम्म ५१ वटा बिपत सम्बन्धी घटना भएको जनाएको छ । आर्थिक बर्षको साउन देखी असोज सम्म ११ वटा बिपतका घटना भएको छन । जिल्ला प्रशासन कार्यालय बाजुराको तथ्याकं अनुसार बर्षाको समयमा घरहरु भत्केको उल्लेख गरेको छ ।

कार्तिक देखी पौषमसान्तसम्म भुकम्प लगायतका कारण २६ ओटा घर भत्किएको जिल्ला प्रशासन कार्यालय बाजुराको तथ्याकंमा उल्लेख छ ।

माघ देखी चैत्र मसान्तसम्म हावाहुरी र आगलागि बाट १४ ओटा घटना भएको तथ्याक रहेको छ भने केही दिन यताका घटना समाबेशन नभएको प्रशासनले जनाएको छ । बिपतबाट क्षेती भएका परिवारलाई हालसम्म ६ लाख ११ हजार बराबारको रकम दिएको तथ्याकंमा उल्लेख गरिएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बाजुराको तथ्यांक अनुसार यस बर्ष पहिरोमा परी ४ जना घाइते भएका छन् भने १६ वटा पशुचौपायाको मृत्यु, ३ घाइते र ३१ वटा वेपत्ता भएका जनाएको छ । त्यस्तै पहिरोबाटै एक घर पूर्ण क्षति भएको छ भने पहिरोबाट कुल ५६ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै आगलागीका १३ वटा घटना घटेकोमा एक जनाको मृत्यु, १३ पशुचौपाया मरेका छन् भने ८ घाइते भएका छन् । आगलागीबाटै ८ वटा घर पूर्ण रुपमा क्षति भएका, एक आंशिक र एक सामान्य सहित एक करोड १४ लाखको क्षति भएको तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी चट्याङ लागेर २ जनाको मृत्यु, ५ घाइते, ४७ पशुचौपाया मरेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीको तथ्यांकअनुसार यसै बर्ष भूकम्पले ४४ घरमा पूर्ण, ३७० आंशिक र ५६ घरमा सामान्य क्षति भएको छ । जंगली जनावरबाट १ जनाको मृत्यु, ५ घाइते, १५ पशुचौपाया मरेका र १७ वेपत्ता भएका छन् । त्यस्तै अबिरल बर्षाले ११ घर पूर्ण, ८ आंशिक क्षति भएका छन् ।

त्यस्तै यस बर्ष जिल्लामा सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु र ३५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । भीरबाट लडेर ६ जनाको मृत्यु र ८ घाइते भएका छन् । त्यस्तै करेन्ट लागेर एकको मृत्यु, ३ घाइते र सर्पको टोकाइबाट ८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार