बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराको बुढिनन्दामा चट्याङ लागेर एकै जनाका ६ भेडा मरे

बाजुराको बुढिनन्दामा चट्याङ लागेर एकै जनाका ६ भेडा मरे

  • शनिबार, चैत्र २९, २०८१
बाजुराको बुढिनन्दामा चट्याङ लागेर एकै जनाका ६ भेडा मरे

बाजुरा– जिल्लाको बुढीनन्दा नगरपालिका वडा न ३ मा चट्याङ लागेर ६ भेडा मरेका छन । बुढिनन्दा नगरपालिका वडा न ३ स्थित छातेपातल भन्ने ठाउँमा भेडीगोठमा चट्याङ लागेर स्थानिय जंगलाल बुढाका ६ भेडा मरेको बुढीनन्दा नगरपालिका उपप्रमुख राम बहादुर बोहराले बताएका छन । उप प्रमुख बोहराका अनुसार हिजो राती करिव ८ बजेतिर परेको चट्याङले भेडाहरु मरेको बताए ।
सो ठाउँमा अन्य के कती क्षेती भयो भन्न प्रहरीको टोली गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बिहान ११ बजे मात्र प्रहरीलाई खवर भएकोले प्रहरीको टोली घटना स्थल नपुगेकोले क्षेतीको एकीन बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार