बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • बडिमालिका
  • बडीमालिकाले बैशाख २ गतेदेखी व्यक्तिगत घटना दर्ता सप्ताह मनाउदै

बडीमालिकाले बैशाख २ गतेदेखी व्यक्तिगत घटना दर्ता सप्ताह मनाउदै

  • शनिबार, चैत्र २९, २०८१
बडीमालिकाले बैशाख २ गतेदेखी व्यक्तिगत घटना दर्ता सप्ताह मनाउदै

बाजुरा–  बडीमालिका नगरपालिकाले बैसाख २ गतेदेखी व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम गर्ने भएकाे छ । गुणस्तरीय सेवा प्रवाहका लागि नयाँ वर्षको अवसर पारी वडाहरुमा घटना दर्ता सप्ताह आयोजना गर्ने भएको हो ।

राज्यबाट प्रवाह हुने सेवा प्राप्तिका लागि घटना दर्ता सम्बन्धी जनचेता अभिवृद्धि गर्न प्रत्येक वर्ष बैशाख महिनाको पहिलो हप्ता व्यक्तिगत घटना दार्ता सप्ताह मनाउदै आईरहेकाले  सोही नीति अनुसार प्रत्येक वडामा घटना दर्ता सप्ताह मनाउने नगरपालिकाले जनाएकाे छ ।

व्यक्तिगत घटना दर्ता, व्यक्ति र राज्यका लागि महत्वपूर्ण कार्य भएकोले सप्ताह आयोजना गर्न लागिएको उनले बताए । गृह मन्त्रालय अन्तरगत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले तोकेको समय ३५ दिनभित्र व्यक्तिगत घटना दर्ता अनिवार्य गराउनुपर्छ भन्ने सन्देश प्रवाह र नागरिकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्य सहीत पालिकाका ९ वटै वडामा सप्ताह सञ्चालन गर्ने बडीमालिका नगरपालिकाले जनाएकाे छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै आ–आफ्नो वडामा घटना दर्ता सप्ताह मनाउन आह्वन गरेको छ । व्यक्तिको जीवनमा घट्ने पाँच प्रकारका घटना जस्तै जन्म, मृत्यु, विवाह, बसाईसराई, सम्बन्ध विच्छेद, सम्बन्धी घटेका घटना ३५ दिनभित्र दर्ता गर्नेुपर्ने हुन्छ । घटना दर्ता सप्ताह बडीमालिका नगरपालिका वडा नं.५ मनामा बैशाख २ गते, वडा नं.४ रिलामा बैशाख ३ गते, वडा नं.६ कोर्ध बैशाख ४ गते, वडा नं.१ पिनालेख र वडा नं.२ भैनेरामा बैशाख ४ गते, वडा नं.३ रजाली, वडा नं.७ चुथी बैशाख ६ गते, वडा नं.८ मार्तडी वडा कार्यालय र वडा नंं.९ गैरीबजार बैशाख ७ गते सप्ताह सञ्चालन गरिने उनले बताएकी छन् ।

चर्चामा

सम्बन्धित समाचार