बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • शिक्षा
  • क्रिएटर जोन एकेडेमी स्कुलको तेस्रो खेल मेला सम्पन्न

क्रिएटर जोन एकेडेमी स्कुलको तेस्रो खेल मेला सम्पन्न

देउडा गायक रेग्मी र शाह सम्मानित

  • शुक्रबार, चैत्र २८, २०८१
क्रिएटर जोन एकेडेमी स्कुलको तेस्रो खेल मेला सम्पन्न

बाजुरा—बाजुराको सदरमुकाम मार्तडी स्थित क्रिएटर जोन एकेडेमी स्कुलले आयोजना गरेको तेस्रो खेल मेला सम्पन्न भएको छ । यहीँ चैत्र २५ गतेबाट सञ्चालन भएको तेस्रो खेल मेला शुक्रवार एक औपचारिक कार्यक्रमविच समापन भएको हो ।

उक्त खेल मेलामा छात्रछात्रा खुला भलिबल र फुटबल प्रतियोगीता सञ्चालन गरिएको थियो । खेल मेलामा सहभागी टिममध्ये छात्र भलिबल खेलमा प्रथम त्रिवेणी नगरपालिका भएको छ भने द्धितीय नवयुग युवाक्लव भएको छ । त्यस्तै छात्रा भलिबल खेलमा प्रथम आयोजक क्रिएटर जोन एकेडेमी र द्धितीय सिवाइसी गौमुल भएको स्कुलले जनाएको छ । त्यसैगरी फुटबल प्रतियोगीतामा प्रथम रानिवन स्पोर्स्ट क्लब भएको छ । दुवै प्रतियोगीतामा बिजेता तथा उपबिजेता भएका टिमहरुलाई मेडल सहित प्रमाणपत्र प्रदान गरिएको जनाएको छ ।

त्यसै गरी क्रिएटर जोन एकेडेमीले नयाँ बर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम र एकल देउडा गायन प्रतियोगीता गरेको छ । शुक्रवार सुदूरपश्चिम प्रदेश सभा सदस्य पदम बहादुर शाहीको प्रमुख आथित्यतामा शुभकामनासँगै देउडा गायन प्रतियोगीता कार्यक्रम सम्पन्न भएको क्रिएटर जोन एकेडेमी प्रिन्सिफल मिन बहादुर कार्कीले बताएका छन् । उनका अनुसार एकल देउडा गायन प्रतियोगीतामा सहभागीमध्ये प्रथम सोधा नेपाली, द्धितीय प्रेम नेपाली र तृतीय रिता बिष्ट भएका छन् । उनीहरुलाई प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको छ ।

त्यसैगरी क्रिएटर जोन एकेडेमी स्कुलले आयोजना गरेको उक्त कार्यक्रममार्फत देउडा गायक नरेन्द्रराज रेग्मी र राजेन्द्र शाह(बिपी) लाई सम्मान गरेको छ । सुदूरपश्चिमको मौलिक संस्कृति लोक देउडाको विकास र संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै दोसल्ला सहित सम्मान पत्रले सम्मानित गरेको प्रिन्सिफल कार्कीले बताए ।
No description available.

No description available.

 

त्यस्तै कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सांस्कृतिक नित्य समेत प्रस्तुत गरेका थिए । जिल्लाकै अग्रणी शैक्षिक संस्थाका रुपमा रहेको विद्यालयले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलाप समेत सञ्चालन गर्दै आएको छ ।
No description available.

विद्यालयका प्रिन्सिफल मिन बहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य पदम बहादुर शाही रहेका थिए । त्यस्तै कार्यक्रममा शसस्त्र प्रहरी बल आश्रित गुल्मका डिएसपी श्याम रावत, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक बोहरा, देउडा गायक नरेन्द्रराज रेग्मी र राजेन्द्र शाह (बिपी), पत्रकार, शिक्षक विद्यार्थी, अभिभावक लगायत सहभागी थिए ।

कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक डबल हमालले गरेका हुन् ।
No description available.

चर्चामा

सम्बन्धित समाचार