बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • समाज
  • बाजुरामा चट्याङ लागेर ९ महिने छोरीको मृत्यु, आमा घाइते

बाजुरामा चट्याङ लागेर ९ महिने छोरीको मृत्यु, आमा घाइते

  • बिहिबार, चैत्र २७, २०८१
बाजुरामा चट्याङ लागेर ९ महिने छोरीको मृत्यु, आमा घाइते

बाजुरा—बाजुरामा चट्याङ लागेर ९ महिने नाबालिकाको मृत्यु भएको छ । बुधवार राति ९ बजेको समयमा बुढीगंगा नगरपालिका वडा नम्बर १ तल्लो कुडीमा चट्याङ लागेर बिरु सार्कीकी ९ महिने छोरीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनक बहादुर बोहराका अनुसार घरमा चट्याङ पर्दा नाबालिकाको घटनास्थलमै मृत्यु भएको हो । उनका अनुसार चट्याङ लागेर मृतक नाबालिकाकी आमा अन्दाजी २८ बर्षकी सन्जीता सार्की घाइते भएकी छन् । उनको शरीरको विभिन्न भागमा पोलिएको छ भने अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

चट्याङ लागेर ज्यान गुमाएकी नाबालिकाको शव जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार