बिहिबार, बैशाख ४, २०८२
  • होमपेज
  • बजार
  • सुनको मूल्य ५ हजार ७ सय रुपैयाँले बढ्यो, तोलामा १ लाख ८१ हजार नाघ्यो

सुनको मूल्य ५ हजार ७ सय रुपैयाँले बढ्यो, तोलामा १ लाख ८१ हजार नाघ्यो

  • बिहिबार, चैत्र २७, २०८१
सुनको मूल्य ५ हजार ७ सय रुपैयाँले बढ्यो, तोलामा १ लाख ८१ हजार नाघ्यो

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ५ हजार सात सय रुपैयाँले बढेको जनाएको छ ।

महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ७५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार