शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा (माओवादी केन्द्र) बाजुरा इन्चार्जकाे जिम्मेवारी खत्रीलाई

नेकपा (माओवादी केन्द्र) बाजुरा इन्चार्जकाे जिम्मेवारी खत्रीलाई

  • सोमवार, चैत्र २४, २०८१
नेकपा (माओवादी केन्द्र) बाजुरा  इन्चार्जकाे जिम्मेवारी  खत्रीलाई

बाजुरा– नेकपा (माओवादी केन्द्र) बाजुराकाे इन्चार्ज मनलाल खत्रीलाइ ताेकीएकाे छ ।    चैत १८ र १९ मा पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। बैठकले केहि जिल्लाको इन्चार्ज पनि तोकेको छ। जसअनुसार तत्कालका लागि सुदूरपश्चिमको सवालमा बाजुरामा मनलाल खत्रीलाई इन्चार्ज तोकिएको जनाएकाे छ।

साे बैठकले प्रदेशमा सह इन्चार्जको पद नराख्ने निर्णय गरेको छ। जसअनुसार सुदूरपश्चिमको हकमा खगराज भट्ट र विना मगर प्रदेश सह इन्चार्जको जिम्मेवारीबाट हटेर प्रदेश समन्वय कार्यालय सदस्यको जिम्मेवारीमा झरेका छन्।

बैठकले प्रदेश सह इन्चार्ज रहेका नेतालाई प्रदेश समन्वय कार्यालयको सदस्य निरन्तर कायम राख्ने र प्रदेश समन्वय कार्यालयले नै ठोस कार्य जिम्मेवारीको विभाजन गर्ने निर्णय गरेको पार्टीका पदाधिकारी, स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य तथा प्रदेश कमिटीलाई परिपत्र गरिएको छ।

साथै प्रदेश समन्वय कार्यालय बिस्तार गर्नुपर्ने देखिएमा प्रदेश समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्नेछ। बैठकले केन्द्रीय समितिप्रति जबाफदेही रहने गरी केन्द्रीय सदस्यको कार्य विभाजनको क्रममा प्रदेश समन्वय कार्यालयलाई विगतमा गठन भएको मापदण्डलाई नै यथावत राखेर क्रियाशील गराउने निर्णय गरेको छ।

चर्चामा

सम्बन्धित समाचार