• होमपेज
  • राजनीति
  • शिक्षकका माग पूरा गर्न संसद्‍को विशेष अधिवेशन बोलाउन सकिन्छ : प्रचण्ड

शिक्षकका माग पूरा गर्न संसद्‍को विशेष अधिवेशन बोलाउन सकिन्छ : प्रचण्ड

  • आइतवार, चैत्र २३, २०८१
शिक्षकका माग पूरा गर्न संसद्‍को विशेष अधिवेशन बोलाउन सकिन्छ : प्रचण्ड

काठमाडौं —नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्न आवश्यक परेमा विशेष अधिवेशन बोलाउन सकिने बताएका छन् ।

नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

माग पूरा नभएसम्म सडक आन्दोलन नछोड्न शिक्षकहरूलाई आग्रह गर्दै उनले शिक्षकहरूलाई सताउने काम सरकारले बन्द गर्नुपर्ने बताए ।

‘शिक्षहरूलाई बधाइ भन्न चाहन्छु । तपाई्ंहरूले माग पूरा नभएसम्म आन्दोलन छोडदिन भन्नु भएको छ । जबसम्म माग पूरा हुँदैन, कहिले सिटी बजाउनुस्, कहिले के । हामी तपाईंहरूको साथमा छौं,’ उनले भने ।

उनले अगाडि भने, ‘मैले प्रतिपक्षी सबै दलसँग कुरा गर्न त भ्याएको छैन । प्रतिपक्षीको बैठक बसेर शिक्षकहरूको निम्ति जरुरी पर्‍यो भने संसद्‍को विशेष अधिवेशन बोलाउन सकिन्छ । यसका लागि प्रतिपक्षी दलहरूसँग आजैदेखि छलफल गर्ने मेरो विचार छ । सरकारले शिक्षकहरूलाई सताउने काम नगरोस् ।’

चर्चामा

सम्बन्धित समाचार