शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा अस्पताललाई ‘ग्रीन गार्डेन’ बनाउने अभियान (तस्वीरहरु)

बाजुरा अस्पताललाई ‘ग्रीन गार्डेन’ बनाउने अभियान (तस्वीरहरु)

  • आइतवार, चैत्र २३, २०८१
बाजुरा अस्पताललाई ‘ग्रीन गार्डेन’ बनाउने अभियान (तस्वीरहरु)

बाजुरा—जिल्ला अस्पताल बाजुरालाई हरियाली बनाउन ‘ग्रीन गार्डेन’ अभियान थालिएको छ । अस्पताललाई स्वच्छ, सुन्दर र हरियाली बनाउँदै ‘ग्रीन गार्डेन’ का रुपमा विकास गर्न अभियान थालिएको हो ।

अस्पताल परिसरलाई आकर्षक, सुन्दर र हरियाली बनाउन ‘ग्रीन गार्डेन’ अभियान थालेको अस्पतालले जनाएको छ ।

जिल्ला अस्पतालका प्रमुख डाक्टर चन्द्रशेखर यादवले अस्पताल परिसरलाई ‘ग्रीन गार्डेन’ का रुपमा विकास गर्न अहिले वृक्षारोपण भइरहेको बताएका छन् । उनका अनुसार सो अभियान मार्फत अस्पताल परिसर भित्र हाल करिब ४ सय बढी विभिन्न किसिमका बिरुवा रोपिएका छन् । त्यस्तै अस्पतालबाट हुने सेवा प्रवाहसँगै अस्पताल परिसरलाई सौन्दर्यता बनाउन विभिन्न व्यक्ति तथा सहयोगी निकायबाट प्राप्त बोटविरुवाहरु रोपिएको कार्यालय प्रमुख डाक्टर यादवले बताए ।
No description available.

जिल्ला अस्पतालले थालेको सो अभियानबाट उपचारका लागि अस्पतालमा आउने विरामीलाई बाह्य वातावरण अवलोकन गरेर नै आनन्दीत तुल्याउने विश्वास व्यक्त गरिएको छ ।
तस्वीरहरुः

No description available.

No description available.No description available.

No description available.

No description available.

No description available.

No description available.

 

चर्चामा

सम्बन्धित समाचार