शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • राजनीति
  • थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

  • शनिबार, चैत्र २२, २०८१
थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली

काठमाडौं —प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फिर्ता भएका छन् । थाइल्यान्डको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलको टोली शनिबार मध्यान्ह नेपाल आइपुगेको हो ।

केहीबेरअघि प्रधानमन्त्री ओली सवार जहाज विमानस्थलमा अवतरण गरेको सचिवालयका एक सदस्यले जानकारी दिए ।

प्रधानमन्त्री ओलीसहितको टोली गत मंगलबार त्यसतर्फ प्रस्थान गरेका थिए । बिम्स्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन बैंकक पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहँदा विभिन्न भेटघाटमा सरिक रहे ।

उनले हिजो (शुक्रबार) भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार