शुक्रबार, चैत्र २८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा एक युवक मृत फेला

बाजुरामा एक युवक मृत फेला

  • शनिबार, चैत्र २२, २०८१
बाजुरामा एक युवक मृत फेला

बाजुरा—बाजुरामा एक युवक मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ९ चौराटाका अन्दाजी ४० बर्षका सुर्य बिष्ट रहेका छन् ।

उनी शनिवार बिहान घर नजिकै मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । पारिवारीक स्रोतका अनुसार विष्ट केही दिनदेखि वेपत्ता अवस्थामा रहेका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मृत अवस्थामा फेला परेका बिष्टको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । साथै घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार