बाजुरा– समाचार संकलनकै क्रममा पत्रकारको हत्या भएको र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा पत्रकारहरू आन्दोलित भएका छन् । शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।
रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएका थिए । उनको त्यही जलेर मृत्यु भएको थियो । उनको हत्याको विरोधमा आज बिहान नेपाल पत्रकार महासंघकाे केन्द्रकाे सर्कुलर अनुसार बाजुरा शाखाले समेत शाेक सभाका सातै विरोध प्रदर्शन गरेको छ ।
आज पत्रकार महासंघको स्थापना दिवससमेत हो तर यही समयमा पत्रकार र मिडियामाथि आक्रमण भएपछि महासंघले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो । नेपाल पत्रकार महासंघ बाजुराले पत्रकार महासघकाे कार्यालयबाट सुरु गरेकाे बिराेध र्याली मार्तडी बजार परिक्रमा गर्दै खुलामन्च पुगरे लाेकतान्त्रीक चाेकमा काेडसभा गरेकाे छ ।
सभाले मृतक पत्रकार रजककाे शाेकमा माैनधारण लगायतकाे कार्यक्रम गरेकाे पत्रकार महासघ बाजुराका उपाअध्यक्ष रमित विकले बताएका छन । शाेक मनाए लगत्तै आमसञ्चार माध्यममा आक्रमणकाे बिराेध समेत गरेका छन । नेपाल पत्रकार महासंघ बाजुराका उपाअध्यक्ष रमित विककाे अध्यक्षतामा सचालन भएकाे कार्यक्रममा प्रेस चाैतारी नेपाल बाजुराका अध्यक्ष लक्ष्मीराज पाध्याय प्रेस चाैतारी नेपालका निबर्तमान केन्द्रिय सदस्य बसन्त बिश्वकर्मा प्रेस युनियन बाजुराका सचिव राम बहादुर विक पत्रकार महासंघका पदाधिकारी तथा पत्रकारका बिभिन्न संगठनका पदाधिकारी तथा सदस्यहरुकाे सहभागीता रहेकाे थियाे । शाेक सभा तथा बिराेध सभा कार्यक्रमकाे संचालन पत्रकार महासंघ बाजुरा सचिव प्रेम राैलेले गरेका थिए ।