काठमाडौं — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली अहिले उल्टो बाटोमा हिँडिरहेको बताएका छन् । समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले ओलीलाई नकारात्मक गुरुको संज्ञा दिए ।
उनले भने, ‘माधवजीले अघि स्वर्ग र नर्कको कुरा गर्नुभयो । उहाँले जे भएको हो, त्यही भन्नुभयो, तर निष्कर्ष त्यो होइन । मलाई नर्कतिर र उनी स्वर्गतिर गएको होइन । उनी नर्कतिर मलाई स्वर्गतिर फर्काइदिएको हो । मलाई जनतातिर फर्किन बाध्य पारे, आफू दलाल बिचौलिया, पुँजीपतिको सेटिङमा फसेका छन्, दलालको पनि दलाल भए, नर्क त उनी गए, मलाई स्वर्गमा जान प्रेरित गरे यस अर्थमा केपी ओलीलाई धन्यवाद छ ।’
अध्यक्ष प्रचण्डले सरकार अझै उल्टो बाटोमा हिँडिरहेका र सामन्ती, निरंकुशता र दलालहरुविरुद्धको नयाँ क्रान्तिले बढारेर लाने चेतावनी दिए ।