सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • बजार
  • १४०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

१४०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

  • शुक्रबार, चैत्र १४, २०८१
१४०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदी पनि महँगियो

काठमाडौँ —सुनको मूल्य १ हजार ४ सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले शुक्रवारको लागि तोकेको मूल्य अनुसार सुनको मूल्य बढेर प्रतितोला १ लाख ७६ हजार २०० रुपैयाँ पुगेको हो । बिहीबार यस्तो मूल्य प्रतितोला १ लाख ७४ हजार ८०० रुपैयाँ रहेको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेको छ । योसँगै चाँदी प्रतितोला २ हजार ४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन यो मूल्य २ हजार २० रुपैयाँ रहेको थियो । सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

चर्चामा

सम्बन्धित समाचार