सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • शिक्षा
  • अनेरास्ववियु बडीमालिका क्याम्पस कमिटीद्धारा क्याम्पस परिसर सरसफाई

अनेरास्ववियु बडीमालिका क्याम्पस कमिटीद्धारा क्याम्पस परिसर सरसफाई

  • बिहिबार, चैत्र १३, २०८१
अनेरास्ववियु बडीमालिका क्याम्पस कमिटीद्धारा क्याम्पस परिसर सरसफाई

बाजुरा—नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बडीमालिका क्याम्पस कमिटीले क्याम्पस परिसर सरसफाई गरेको छ । बिहीवार अनेरास्ववियु क्याम्पस कमिटीका पदाधिकारी तथा विद्यार्थी नेताहरुको सहभागीतामा सरसफाई गरेको हो ।

अनेरास्ववियुका नेता पारस रावलले बडीमालिका क्याम्पस परिसर सरसफाई गरिएको बताएका छन् । त्यस्तै क्याम्पस परिसर सरसफाईसँगै खाल्डा खनेर फोहोर वस्तु समेत व्यवस्थापन गरिएको उनले बताए ।
May be an image of 9 people

सुदूरपश्चिम विश्वविद्यालयका आंगिक बडीमालिका र बाजुरा क्याम्पसमा यहीँ चैत्र २७ गते स्ववियु निर्वाचन हुदैँ छ ।

स्ववियु निर्वाचनको मिति नजिकिएसँगै क्याम्पसका विद्यार्थी संगठनहरुले थप सक्रियता बढाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार