आइतवार, चैत्र १६, २०८१
  • होमपेज
  • राजनीति
  • एमाले बाजुराले चैत्र १८ गते जिल्ला स्तरीय बृहत जनजागरण कार्यक्रम गर्दै

एमाले बाजुराले चैत्र १८ गते जिल्ला स्तरीय बृहत जनजागरण कार्यक्रम गर्दै

  • बिहिबार, चैत्र १३, २०८१
एमाले बाजुराले चैत्र १८ गते जिल्ला स्तरीय बृहत जनजागरण कार्यक्रम गर्दै

बाजुरा—नेकपा एमाले जिल्ला कमिटी बाजुराले यहीँ चैत्र १८ गते बृहत जिल्ला स्तरीय जनजागरण कार्यक्रम गर्ने भएको छ । एमाले बाजुराले बुधवार एक सूचना जारी गर्दै लोकतन्त्रको पक्षमा जिल्ला स्तरीय जनजागरण कार्यक्रम गर्ने जनाएको हो ।

पार्टी केन्द्रको निर्देशन अनुसार देशमा पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमहरु नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त लोकतन्त्र र संविधानमाथि धवा बोल्ने कार्य भइरहेको सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै मृत अवस्थामा रहेको एकात्मक निरंकुश राजतन्त्रलाई पुनर्स्थापना गर्ने भन्ने जस्ता भ्रम फैलाइरहेको र लोकतन्त्रको विकल्प लोकतन्त्र हुने भन्दै बृहत जनजागरण कार्यक्रम गर्न लागिएको पार्टी सचिव काँशी बहादुर विकले बताएका छन् । उनका अनुसार उक्त कार्यक्रम चैत्र १८ गते जिल्ला सदरमुकाम मार्तडीको खुलामञ्चमा हुने भएको छ ।

त्यस्तै पार्टीले उक्त जिल्ला स्तरीय बृहत जनजागरण कार्यक्रममा सम्पूर्ण वडा, गाउँ तथा नगर कमिटी पदाधिकारी र जनप्रतिनिधिहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार