आइतवार, चैत्र १६, २०८१
  • होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • स्ववियु निर्वाचन: बाजुरा क्याम्पसका विद्यार्थीलाई अनिवार्य परिचयपत्र बनाउन आग्रह

स्ववियु निर्वाचन: बाजुरा क्याम्पसका विद्यार्थीलाई अनिवार्य परिचयपत्र बनाउन आग्रह

  • बिहिबार, चैत्र १३, २०८१
स्ववियु निर्वाचन: बाजुरा क्याम्पसका विद्यार्थीलाई अनिवार्य परिचयपत्र बनाउन आग्रह

बाजुरा —सुदूरपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन समिति बाजुरा क्याम्पसले विद्यार्थीहरूलाई अनिवार्य परिचयपत्र बनाउन आग्रह गरेको छ। बुधबार निर्वाचन समितिले एक सूचना जारी गर्दै क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूलाई अनिवार्य रुपमा आफ्नाे परिचयपत्र बनाउन आग्रह गरेकाे हाे ।

निर्वाचन समिति संयोजक सुरेश प्रसाद पण्डितले यहीँ चैत २७ गते हुने स्ववियु निर्वाचन प्रयोजनका लागि भर्ना भएका सम्पूर्ण विद्यार्थीहरूलाई चैत १४ देखि २३ गतेसम्म परिचयपत्र बनाइ सक्न आग्रह गरेका छन्। त्यस्तै संयोजक पण्डितले तोकिएको अवधिपछि परिचयपत्र बनाउन नसकिने र परिचयपत्रबिना मतदान प्रक्रियामा सहभागी हुन नपाउने बताए ।
सुदूरपश्चिम विश्वविद्यालयका आंगिक बाजुरा क्याम्पसमा ४ विद्यार्थी संगठन नेकपा एकिकृत समाजवादी निकट अनेरास्ववियू, नेपाली कांग्रेस निकट नेविसंघ, नेकपा एमाले निकट अनेरास्ववियू र नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले संगठन दर्ता गराएका छन् ।

No description available.

चर्चामा

सम्बन्धित समाचार