सोमवार, चैत्र १७, २०८१
  • होमपेज
  • शिक्षा
  • ६८६ कोटामा निमावि तहको शिक्षक पदका लागि आवेदन माग

६८६ कोटामा निमावि तहको शिक्षक पदका लागि आवेदन माग

  • बिहिबार, चैत्र १३, २०८१
६८६ कोटामा निमावि तहको शिक्षक पदका लागि आवेदन माग

काठमाडौँ — शिक्षक सेवा आयोगले विभिन्न विषयका लागि ६८६ कोटामा निमावि तहको शिक्षक पदको लागि आवेदन खुला गरेको छ ।

सामुदायिक विद्यालयको निम्न माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले आवेदन आह्वान गरिएको सूचनामा उल्लेख छ ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणालीबाट अनलाइन दरखास्त दिन आग्रह गरिएको छ ।
हेर्नुहाेस् सूचना ।

चर्चामा

सम्बन्धित समाचार