शनिबार, चैत्र १५, २०८१
  • होमपेज
  • राजनीति
  • गृहमन्त्री भन्छन्- तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौं

गृहमन्त्री भन्छन्- तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौं

  • बुधबार, चैत्र १२, २०८१
गृहमन्त्री भन्छन्- तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौं

काठमाडौं — गृहमन्त्री रमेश लेखकले लोकतन्त्र र गणतन्त्रको राजमार्गमा हिँडिसकेको नेपाली समाज पछि फर्कन नसक्ने प्रष्ट्याएका छन् ।

बुधबार भक्तपुरमा जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरको नवनिर्मित भवन उद्घाटन गर्दे गृहमन्त्री लेखकले लोकतन्त्रको कुनै विकल्प नरहेको बताए । लोकतन्त्र र गणतन्त्रका विषयमा नकारात्मक भाष्य निर्माण गर्ने कोसिस भइरहेको जिकिर गरे ।

‘लोकतन्त्र र गणतन्त्रमा सरकारले जनताको कुरा सुन्छ र भन्छ । आफ्ना कमीकमजोरी सुधारेर जाने क्षमता लोकतन्त्रमा हुने गर्छ । कुनै तानाशाही व्यवस्था आएर राम्रो हुन्छ भन्ने भ्रममा नपरौं’, उनले भने ।

चर्चामा

सम्बन्धित समाचार