बुधबार, चैत्र १२, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा एक घर र पसलमा आगलागी, लाखौको धनमाल जलेर नष्ट

बाजुरामा एक घर र पसलमा आगलागी, लाखौको धनमाल जलेर नष्ट

  • बुधबार, चैत्र १२, २०८१
बाजुरामा एक घर र पसलमा आगलागी, लाखौको धनमाल जलेर नष्ट

बाजुरा—बाजुराका दुई स्थानमा एक घर र पसलमा आगलागी भएको छ । मंगलवार जिल्लाको पूर्वीउत्तरी भेगको जगन्नाथमा एक घर र कोल्टीमा एक पसलमा आगलागी भएको हो ।

मंगलवार साँझ जगन्नाथ गाउँपालिका वडा नम्बर १ पिलुचौरमा स्थानीय जगन्नाथ विष्टको तीन तले कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ । विद्युतको तार सट भएर घरमा आगलागी हुँदा लत्ताकपडा, भाँडाकुडा, खाद्यान्न लगायत लाखौंको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देव बहादुर चौधरीले बताएका छन् । उनका अनुसार उक्त आगलागीमा मानवीय तथा पशुचौपायमा भने कुनै क्षति भएको छैन भने आगो प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन् ।

त्यस्तै मंगलवार दिउँसो सिन्धुपालचोक घर भएर कोल्टी बजारमा पसल सञ्चालन गर्दै आएका राजेन्द्र केसीको पसलमा पनि आगलागी भएको छ । बुढीनन्दा नगरपालिका २ स्थित कोल्टी बजारमा व्यापार गर्दै आएका केसीको एक तले पसलको गोदाममा विद्युतको तार सट भएर आगलागी भएको सूचना अधिकारी चौधरीले बताए । उनका अनुसार उक्त पसलमा आगलागीबाट अन्दाजी ९ लाख बराबरको क्षति भएको छ ।

पसलमा लागेको आगो इलाका प्रहरी कार्यालय कोल्टी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

चर्चामा

सम्बन्धित समाचार