शनिबार, चैत्र १५, २०८१
  • होमपेज
  • समाज
  • कपिलवस्तुमा चैत्र १७ गतेदेखि श्री राम कथा ज्ञान महायज्ञ लाग्दै

कपिलवस्तुमा चैत्र १७ गतेदेखि श्री राम कथा ज्ञान महायज्ञ लाग्दै

  • मङ्लबार, चैत्र ११, २०८१
कपिलवस्तुमा चैत्र १७ गतेदेखि श्री राम कथा ज्ञान महायज्ञ लाग्दै

कपिलवस्तु—कपिलवस्तुमा श्री राम कथा ज्ञान महायज्ञ २०८१ आयोजना हुने भएको छ । जिल्लामा क्रियाशिल आधा दर्जन बढी हिन्दुवादी संघ संगठनको सामूहिक आयोजनामा कपिलवस्तु नगरपालिका वडा नम्बर २ तौलिहवामा यहीँ चैत्र १७ देखि २५ गतेसम्म महायज्ञ आयोजना गरिने भएको हो ।

महायज्ञ आयोजक मूल समारोह समिति अध्यक्ष बिरेन्द्र प्रसाद चौधरीले श्रीराम कथा मार्फत हिन्दु धर्मावलम्वीहरुको संस्कृतिको जर्गेना र त्याँहाको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ महायज्ञ आयोजना गर्न लागिएको बताएका छन् । जिल्लाकै सबैभन्दा ठूलो आयोजित महायज्ञमा कपिलवस्तु सहित छिमेकी जिल्लासँगै सिमाना नजिकै रहेको भारतबाट समेत भक्तजनहरु आउने अध्यक्ष चौधरीले बताए । उनका अनुसार महायज्ञकाे तयारी करिब अन्तिम चरणमा पुगेकाे छ ।

त्यस्तै उक्त महायज्ञ कलश यात्रा समिति संयोजक सविता श्रेष्ठले १७ गतेबाट सुरु हुने कलश यात्रामा एक हजार ८ कलश राख्ने निर्णय गरिएको बताइन् । उनका अनुसार महायज्ञमा नेपालका विभिन्न जिल्लासँगै छिमेकी देश भारतसँग पनि समन्वय भइसकेकाले त्याँहाबाट पनि भक्तजन आउने छन् ।

उक्त महायज्ञको पहिलो दिन कलशयात्रा गरेर उद्घाटन सत्र हुनेछ भने दोस्रो दिनदेखि दैनिक संगीत भजन, मन्त्र उच्चारण, राम कथा वाचन, महाआरती लगायत प्रस्तुत हुने छन् ।

त्यस्तै महायज्ञ मूल आयोजक समारोह समिति सल्लाहकार अनिलकुमार तिवारीका अनुसार उक्त महायज्ञमा भारतको अयोध्याको श्रीराम मन्दीरका दोस्रो पूजारी तथा मानव धर्मोत्थान संस्थानका अध्यक्ष आचार्य परमोज वत्स जी महाराजले प्रवचन गर्ने भएका छन् ।

आयोजक मूल समारोह समितिले वैदिक हिन्दु सनातन धर्म प्रचारका लागि भव्यताका साथ महायज्ञ आयोजना गर्न लागिएको भन्दै सफल पार्न सबैले सहयोग गरी दिन आग्रह गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार