बुधबार, चैत्र १२, २०८१
  • होमपेज
  • राजनीति
  • राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

  • सोमवार, चैत्र १०, २०८१
राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट वार्ता भएको छ ।

राष्ट्रपति पौडेललाई भेट्न सोमबार प्रचण्ड शीतल निवास पुगेका हुन् । भेटमा वर्तमान समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

संक्रमणकालीन न्यायका बारेमा अवरुद्ध प्रक्रिया अघि बढाउने प्रयास स्वरूप प्रमुख दलका शीर्ष नेताहरूबीच आज छलफल हुँदैछ । उक्त छलफल अघि अध्यक्ष प्रचण्ड राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार