मङ्लबार, चैत्र ११, २०८१
  • होमपेज
  • बजार
  • सुनको मूल्य तोलामा ९ सयले घट्यो

सुनको मूल्य तोलामा ९ सयले घट्यो

  • आइतवार, चैत्र ९, २०८१
सुनको मूल्य तोलामा ९ सयले घट्यो

शुक्रबारको तुलनामा सुनको मूल्यमा आज सामान्य घटेकाे छ । नेपाली बजारमा सुनको मूल्य तोलामा ९०० र चाँदी तोलामा १५ ले घटेको छ ।

गत शुक्रबार प्रतितोला एक लाख ७५ हजारमा कारोबार भएको सुन आज ९०० ले घटेर प्रतितोला एक लाख ७४ हजार एक सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला एक हजार ९८० मा खरिद बिक्री हुनेछ । आज अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार