सोमवार, चैत्र १०, २०८१
  • होमपेज
  • समाज
  • अछाममा २ किशोरी हत्याका आरोपित किशाेरलाई सुधार गृह पठाइयो

अछाममा २ किशोरी हत्याका आरोपित किशाेरलाई सुधार गृह पठाइयो

  • शनिबार, चैत्र ८, २०८१
अछाममा २ किशोरी हत्याका आरोपित किशाेरलाई सुधार गृह पठाइयो

अछाम— जिल्ला अदालत अछामले ढकारी गाउँपालिका–८ कि २ किशोरीको हत्या गरेको आरोप लागेका २ किशोरहरूलाई सुधार गृह पठाएको छ। ढकारी गाउँपालिका–८ पल्साताकी १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या अभियोगमा पक्राउ परेका उनीहरूलाई बाल सुधार गृह, डोटी पठाइएको हो।

जिल्ला प्रहरी कार्यालय अछामले किशोरहरूलाई बाल सुधार गृह पठाएको बताएको छ। प्रहरीले जङ्गलमा २ किशोरीको ढुङ्गाले प्रहार गरेर हत्या गरेको निष्कृषसहितको प्रतिवेदन अदालतमा बुझाएको थियो। प्रहरीको प्रतिवेदनका आधारमा अदालतमा कानुनी प्रक्रिया बाँकी रहेको भएपनि किशोरहरूलाई भने डोटी पठाइएको हो। अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले भने, ‘हामीले अदालतमा पेस गरेका थियौ। अदालतले बाल सुधार गृह, डोटी पठाएको हो। अदालतले फैसला गरेको छैन।’

किशोरहरू १८ वर्षमुनिका भएकाले उनीहरूलाई सुधार गृहमा राखिएको हो। जिल्ला प्रहरी कार्यालय, अछामले अहिले साक्षीहरूलाई बोलाउने, बकपत्र गराउने काम गर्दै छ। नेपालको कानुनअनुसार १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई कारागार पठाउन मिल्दैन। उमेर पुगेपछि मात्रै कानुनी प्रक्रियाअनुसार कारागार पठाउने गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार