सोमवार, चैत्र १०, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा जीप दुर्घटना, एक जना घाइते

बाजुरामा जीप दुर्घटना, एक जना घाइते

  • शनिबार, चैत्र ८, २०८१
बाजुरामा जीप दुर्घटना, एक जना घाइते

बाजुरा—बाजुरामा जीप दुर्घटनामा परी एक जना घाइते भएका छन् । शुक्रवार साँझ कर्णाली करिडोर अन्तर्गत हिमाली गाउँपालिकाको कुवाडीबाट धुलाचौर आउँदै गरेको जीप वडा नम्बर ४ स्थित लेबडीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मुगुको खत्याड गाउँपालिका ९ का अन्दाजी २५ बर्षका बसन्त लावर्डले चलाएको लु १ ज ४४४५ नम्बरको जीप दुर्घटना भएको जनाएको छ ।

त्यस्तै उक्त दुर्घटनामा सह–चालक खत्याड गाउँपालिका १० का अन्दाजी १९ बर्षका हरिचन्द्र शाही घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवबहादुर चौधरीले बताए । उनका अनुसार घाइते शाहीको टाउको र गर्धनमा चोट लागेको छ भने अहिले कोल्टी अस्पतालमा उपचार भइरहेको छ ।

जीप एक्कासी अन्यन्त्रित भएर दुर्घटना भएको हो ।

चर्चामा

सम्बन्धित समाचार