• होमपेज
  • समाज
  • एक महिनामा ५०१ आगलागीका घटना : ६ को मृत्यु, ३८ परिवार विस्थापित

एक महिनामा ५०१ आगलागीका घटना : ६ को मृत्यु, ३८ परिवार विस्थापित

  • शुक्रबार, चैत्र ७, २०८१
एक महिनामा ५०१ आगलागीका घटना : ६ को मृत्यु, ३८ परिवार विस्थापित

काठमाडौं — एक महिनामा देशका विभिन्न क्षेत्रमा लागेको आगलागीबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक रहेका छन् । ती आगलागीका घटनमा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन् ।

एक महिनामा देशभर ५०१ आगलागीका घटना भएका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिए ।

आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ । आगलागीबाट १४६ पशुचौपाय मरेका छन् । घटनापछि ३८ परिवार विस्थापित भएका छन् । आगलागीबाट ४० करोड ४८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणका लागि तीन हजार ६१४ प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । रासस

चर्चामा

सम्बन्धित समाचार