शुक्रबार, चैत्र ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • पोरखे हुदैँ कोल्टीसम्मको नवनिर्मित विद्युतीय लाइन परीक्षण सुरु

पोरखे हुदैँ कोल्टीसम्मको नवनिर्मित विद्युतीय लाइन परीक्षण सुरु

  • बिहिबार, चैत्र ६, २०८१
पोरखे हुदैँ कोल्टीसम्मको नवनिर्मित विद्युतीय लाइन परीक्षण सुरु

बाजुरा—पोरखे, पाण्डुसैन हुदैँ कोल्टीसम्मको राष्ट्रिय प्रसारण लाइन अन्तर्गतको विद्यतीय लाइन परीक्षण सुरु गरिएको छ । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराले एक सूचना जारी गर्दै सो क्षेत्रमा आजदेखि लाइन परीक्षण गर्न सुरु गरिएको जनाएको छ ।

सूचनाअनुसार बाजुरा वितरण केन्द्र अन्तर्गत उखाडी स्थित ३३।११ के.भी सवस्टेशनदेखि पोरखेगढी, पाण्डुसैन हुदैँ कोल्टी सम्मको नवनिर्मित ११ के.भी विद्युतीय लाइनको बिहीवारबाट परीक्षण कार्य सुरु गरिएको छ ।

त्यस्तै सो अवधिभर विद्युत लाइनका कुनै पनि पोल, तार, ट्रान्सफर्मर आदिको नजिक नजान तथा नछुन सबैलाई सूचना मार्फत अनुरोध गराएको छ । साथै उक्त परीक्षण हुने लाइनमा कतै केही समस्या देखिएमा तुरुन्त वितरण केन्द्रमा खबर गरी दिन पनि आग्रह गरिएको छ ।
May be an image of text

चर्चामा

सम्बन्धित समाचार